जेठ ४ गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकाहरुको तथ्य खोल्छु : ओली

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रक्ररणमा मुछिएकाहरुको छिनोफानो लाग्ने बताएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका हुन् ।

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो रु कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?