काठमाडौं । मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुभद्रा मदन फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मदन राई शुभद्रा मदन फाउन्डेसनका संस्थापकसमेत हुन् । मदनले फाउन्डेसनमा रहेका किशोरीहरुको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि दवाब दिने अश्लील हर्कत गर्ने गरेको फेलापरेपछि उनी पक्राउ परेका हुन् ।
उनको एक भिडियो पनि सामाजिक सञ्जालमा रहेको छ जसमा उनले किशोरीहरूको अगाडी नग्न शरीर देखाएर अश्लील हर्कत पनि गरेका छन् । त्यस्तै उक्त भिडियोमा उनले शारीरिक सम्पर्कका लागि आग्रह गरेको पनि देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया