साताको सेयर बजार : ३ अर्ब ३७ करोड ५० लाखको सेयर खरिद-बिक्री 

लोकपथ
98
Shares
काठमाडौं । यो साता पनि सेयर बजार खासै सुखद देखिएन । चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा र आगामी आर्थिक बर्षको बजेट समेतको प्रतिक्षामा बसेका लगानीकर्ताहरु यो साता पनि पर्ख र हेर कै अवस्थामा रहे । जसले गर्दा नेप्से सुचक तथा कारोबार रकम दुबैमा कुनै उत्साह छाउन सकेन । सेयर बजार निरन्तर ओरालो लाग्यो भने कारोबार रकम पनि खुम्चियो ।
सेयर बजार परिसुचक यो साता १८ सय ३८ दशमलव ५९ बिन्दुमा खुम्चिंदा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५३ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिन पुग्यो ।
जसबाट यो साता दुुई सय ७० वटा कम्पनीहरुको एक लाख एक हजार सात सय १९ पटकको कारोबारमा एक करोड १७ लाख ११ हजार आठ कित्ता सेयर किनबेच भयो । सो अनुसार यो साता तीन अर्ब ३७ करोड ५० लाख ५४ हजार चार सय १३ रुपैंयाँको सेयर किनबेच भयो । यो कारोबार रकम गत साताको तुलनामा सामान्यरुपमा बढी हो ।
गत साता भने नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको ८७ हजार नौं सय ८१ पटकको कारोबारमा एक करोड दुई लाख ३२ हजार तीन सय ७५ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता दुई अर्ब ९९ करोड ९५ लाख ४९ हजार नौं सय ६१ रुपैंयाँको सेयर किनबेच भएको थियो । यो साता नेप्से पाँच कारोबार दिन नैं खुल्ला रहेकोमा पहिलो, दोस्रो, चौंथो र पाँचौं दिन नेप्से घटेपनि तेस्रो दिन भने नेप्से बढेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा नियमित कारोबारको लागि यो साता पाँचै दिन नेप्से खुल्ला रहेको थियो । सो मध्ये पहिलो, दोस्रो, चौंथो र पाँचौं दिन घटेको नेप्से तेस्रो दिन भने बढेको थियो । जसमध्ये पहिलो दिन १९ दशमलव १२ अंकले घटेर १८ सय ५० दशमलव ६१ अंकमा सिमित भएको नेप्से दोस्रो दिन पनि १६ दशमलव ९३ अंकले घटेर १८ सय ३३ दशमलव अंकमा खुम्चिएको थियो । तेस्रो दिन भने १० दशमलव ६६ अंकले बढेर १८ सय ४४ दशमलव ३६ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन भने दुई दशमलव ४३ अंकले घटेर १८ सय ४१ दशमलव ९३ अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन भने नेप्से तीन दशमलव ३४ अंकले घटेर १८ सय ३८ दशमलव ५९ अंकमा खुम्चिन पुगेको थियो ।
यसैगरी पहिलो दिन सेन्सिटिभ इन्डेक्स तीन दशमलव १४ अंकले घटेर तीन सय ५४ दशमलव ७८ अंकमा झरेकोमा दोस्रो दिन दुई दशमलव ४१ घटेर तीन सय ५२ दशमलव ३७ अंकमा सिमित हुन पुगेको थियो । तेस्रो दिन भने एक दशमलव ८७ अंकले बढेर तीन सय ५४ दशमलव २५ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने शुन्य दशमलव ४३ अंकले घटेर तीन सय ५३ दशमलव ८० अंकमा सिमित हुन पुगेको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ७१ अंकले घटेर तीन सय ५३ दशमलव शुन्य अंकमा खुम्चिन पुगेको थियो ।
यो साता हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, नेपाल टेलिकम आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
 दिन                         कम्पनी संख्या                   कारोबार संख्या             कित्ता                  कारोबार रकम
पहिलो दिन                         २६३                              २३०५१                    २०१५९५९            ६०८१३५०९४.१३
दोस्रो दिन                           २७०                              २५५८८                   २८१०६२७            ८२४२१७००१.८५
तेस्रो दिन                            २६९                              २०७७६                   २८३६१३९            ७७४७६०६४७.०७
चौंथो दिन                            २६५                              १६१००                    १९४२६२६            ५८९१०००७७.१२
पाँचौं दिन                            २५९                              १६२०४                    २१०५६५७           ५७८८४१५९३.५२
कुल                                                                  १०१७१९                   ११७११००८          ३३७५०५४४१३.६९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?