सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँड सम्पन्न

लोकपथ
56
Shares

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड कार्य सम्पन्न भएको छ ।

कम्पनीले यही बैशाख छ गते देखि बैशाख २० गतेसम्म निष्काशन गरेको कुल ७५ करोड आवेदन रकम प्राप्त भएकोमा बैशाख ३१ गते आईतबार बाँडफाँड प्रकृया पुरा भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, सिडिएसी, सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूण शुभेच्छुकहरु, तथा अन्य नियमन निकायहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

निरन्तर सहयोग र सद्भावले क्यापिटललाई अझ बढी नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको सिटिजन्स क्यापिटल जनाएको छ ।

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?