नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भयो : अमरेशकुमार सिंह

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । स्वतन्त्र सांसद नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भयो अमरेशकुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

आइतबार पाटनमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा बोल्दै उनले गृहमन्त्रीको मान्छे पर्यो भने यो प्रकरण लय झन् बाहिर जाने उनको भनाइ थियो ।

‘यस्तो ठुलो प्रकरणमा कुनै गृहमन्त्री र मन्त्रीको हैसियत हुँदैन । यो पोलिसीगत करप्सन हो । यो ठुला करप्सन हो । यसमा प्रधानमन्त्री र क्याविनेटको डिसिजन मैले देखाइरहेको छु । अहिलेको र त्यो बेलाको मुख्यसचिवको सिग्नेचर मैले देखाइसकेको छु । यो एकअर्काको कन्फिडेन्समा गरेको निर्णय हो । त्यसैले पुरै तारतम्य समात्नुपर्छ ।’ उनले भने ।

‘छानविनको क्रममा जो संलग्न छ त्यसलाई नै पोल्छ। एउटा डाक्टर थियो धरानको उसले बिहान मात्रै भनेको थियो मैले ७ करोड फलानो नेतालाई दिए अनिमात्रै मेरो नियुक्ति भयो । त्यसको पन्ना नै त्यहाँको सचिव र अख्तियार प्रमुखको मिलेमतोमा निकालिएको छ । त्यसबारे पुरन्जनजीलाई थाहा छ यही हुनुहुन्छ ।’ उनले थपे ।

उनले प्रहरीको एआइजीको लेवलबाट सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास भइरहेको जानकारी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?