काठमाडौं । हामीले प्रायः पुराना चीजहरूको लिलामीको बारेमा सुन्ने गरेका छौं जसको मूल्य लाखौँ देखि करोडौंसम्मको हुने गर्छन् । त्यस्तै एक लिलामीको बारेमा आज हामी चर्चा गर्ने छौं ।
एप्पलका सह-संस्थापक स्टिभ जब्सले हस्ताक्षर गरेको चेक एक लाख ६ हजार ९८५ डलरमा लिलामी भएको छ । एक लाख ६ हजार ९८५ डलरमा लिलामी भएको यो चेक १७५ डलरका लागि काटिएको थियो ।
४७ वर्ष पुरानो चेक
म्याकरुमर्सको रिपोर्ट अनुसार, स्टीभ जब्सद्वारा हस्ताक्षरित यो नयाँ चेक आरआर लिलामी द्वारा आयोजित एक लिलामी मार्फत एक लाख ६ हजार ९८५ डलरमा बिक्रि भयो। यो लिलामी अप्रिल १७ सम्म चलेको थियो ।
यो चेक पनि विशेष छ किनभने यसले एप्पलको पहिलो कार्यालयको मूल ठेगाना”770 Welch Rd., Ste. 154, Palo Alto” भनिएको छ। यो एप्पलको पहिलो आधिकारिक ठेगाना हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया