काठमाडौं । सन्राइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.-३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ ।
बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।
सोमबार, मिति २०८०/०२/०१ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष श्री मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया