#10YearChallenge बाट जोगिनु किन आवश्यक छ ?

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा आदिमा  #10YearChallenge को होड चलिरहेको छ । मानिसहरुले आफ्नो १० वर्ष अगाडिको फोटो र अहिलेको फोटोलाई तुलना गरेर आफ्नो वालमा पोष्ट गरिरहेका छन् ।

यो कुनै आश्र्चय लाग्दो कुरा होइन्, यदि तपाई वा कुनै अरु तपाईको साथिहरुले यो च्यालेन्ज स्वीकार गर्दै आफ्नो १० या २० वर्ष अगाडिको फोटोहरु सोसल मिडियामा एकै साथ पोष्ट गरिरहेका छन् ।

यसो सोच्ने हो भने हामीलाई लाग्दैन कि यसले कुनै पनि प्रकारको हानी हामीलाई गर्दैन र यो कुनै किसिमको नोक्सानी जस्तो पनि देखिदैन् । तर, यो कुरा निश्चित छ कि सामाजिक सञ्जालहरुमा भाइरल वा बनाइने कुराहरुको पछाडि कुनै न कुनै कारणहरु भने पक्कै हुन्छन् । 

के यो कुनै बिजनेस आइडियाको भाग हो ? के कसैले जानी-जानी जनताहरुसँग उनीहरुको पुरानो र नयाँ तस्वीरहरु पोस्ट गराइरहेका छन्, ताकि डाटा बैंक तयारी गर्न सकुन् ? के यसको पछाडि कुनै षडयन्त्र छ ? के हामी यो च्यालेन्जबाट टाढै बस्नु पर्ने हो ? 

के यो कुनै बिजनेस आइडियाको भाग हो ? के कसैले जानी-जानी जनताहरुसँग उनीहरुको पुरानो र नयाँ तस्वीरहरु पोस्ट गराइरहेका छन्, ताकि डाटा बैंक तयारी गर्न सकुन् ? के यसको पछाडि कुनै षडयन्त्र छ ? के हामी यो च्यालेन्जबाट टाढै बस्नु पर्ने हो ? 

फेसबुक के भन्छ ?

यी सबै प्रश्नहरुको जवाफ खोज्नुअघि फेसबुकको बयान पढ्नुहोस् । सोसल मिडिया नेटवर्कको अनुसार, यो यूजर जनरेटेड मीम हो, जो आफै भाइरल भइरहेको छ । फेसबुकले यो ट्रण्ड शुरु गरेको होइन् । 

मीमले त्यही फोटोको प्रयोग गर्ने गर्छन्, जो धेरै पहिलाबाट फेसबुकमा नै थिए । फेसबुकलाई यो बाट कुनै पनि फाईदा हुने गरेको छैन् । फेसबुक यूजर कुनै पनि समयमा ‘फेशियल रिकॉग्नाइजेशन’ फिचर शुरु र बन्द गर्न सक्छ । 

बयानमा फेसबुकको अवधारण स्पष्ट छ, “यदि हामी खास गरी #10YearChallenge को कुरा नगर्ने हो भने पनि अहिले मात्र सोसल साइटहरुमा यस्तो गेमहरु प्रशस्त मात्रामा छन् । जुन सोसल इन्जीनियरको हिस्सा हो र जसको उद्देश्य डाटा निकाल्ने र एकात्र कर राख्ने हो । तर, जानकारीका अनुसार यो च्यालेन्ज टाइम पास गर्नको लागि र मज्जा लिने कुरा भने होइन् । यो च्यालेन्जबाट बच्नु नै वुद्धिमानी हुन्छ ।” 

डराउनु पर्छ ?

चर्चित साइबर ल एक्सपर्ट पवन दुगलसँग प्रश्न गरिएको थियो,  के यो च्यालेनज बाट कुनै नोक्सानी हुन सक्छ?

उनीले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीमा भने, “हो हुन्छ, साइबर अपराधीहरुले यसको दुरुपयोग गर्नु सक्छन् ।”

तर, दश वर्ष पुरानो तस्वीर सोसल मिडियामा राखेर के हुन्छ र ? यो प्रश्नमा उनले भने, “हुर्नहोस, अहिले सम्म यसको दुरुपयोग भएको कुनै पनि समाचारहरु बाहिर आएका छैनन् । तर, नहाउँला भन्न सक्ने अवस्था पनि छैन् । यो कुरा बुझ्नु जरुरी छ कि जुन तस्वीर बाहिरको मानिसहरुसँग पहिला थिएन् ,अहिले आफैं अरुलाई प्रदान गर्दै आएका छन् ।”

तर, दश वर्ष पुरानो तस्वीर सोसल मिडियामा राखेर के हुन्छ र ? यो प्रश्नमा उनले भने, “हुर्नहोस, अहिले सम्म यसको दुरुपयोग भएको कुनै पनि समाचारहरु बाहिर आएका छैनन् । तर, नहाउँला भन्न सक्ने अवस्था पनि छैन् । यो कुरा बुझ्नु जरुरी छ कि जुन तस्वीर बाहिरको मानिसहरुसँग पहिला थिएन् ,अहिले आफैं अरुलाई प्रदान गर्दै आएका छन् ।”

“जब यो तस्वीर सोसल साइटमा हुन्छ, यसको मार्फिग हुन सक्छ, टारगेट गर्नको लागि प्रयोग गर्न पनि सकिन्छ ।”  

फेशियल रिकॉग्नाइजेशन एल्गोरिथमसँग यो कुरा कसरी जोडिएको छ ? यसमा दुगुगलले भने, “दुनिया भरको मानिसहरुले फेशियल रिकॉग्नाइजेशन  एप धेरैले प्रयोग गरेको पाइन्छ । यो कारण धेरै सजिलोसँग पत्ता लगाउन सकिन्छ कि दश वर्षमा मानिसको अनुहार कति सम्म परिर्वतन भइरहेको छ ।” 

यी तस्विरहरूको सहयोगमा, अनुहार फिक्सहरुमा काम गर्ने एजेन्सीहरु उनीहरूको सफ्टवेयरलाई अझ बलियो र अधिक बुद्धिमानी बनाउन सक्छन् ।  

पुरानो फोटो किन खतरनाक छ ?

त्यो तस्वीरको के हुन्छ जो हामीले दस वर्ष अगाडी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थियौं ? त्यो फेसबुकमा पहिलेदेखि नै उपलब्ध थियो, त्यो अब कसरी हानिकारक हुन सक्छन् ?
दुगुगलको अनुसार, यो कुरा पनि सहि हो कि ति तस्वीरहरु पहिला नै फेसबुकमा थियो, उसको एनवायरमेनटमा थियो । तर, त्यो अर्को कुनै ठाउँमा थियो । यो च्यालेन्जमा तपाई पुरानो तस्वीरहरुलाई निकालेर आफ्नो नयाँ तस्वीरसँग तुलना गरेर फेरी पेष्ट गर्दै हुनुहुन्छ ।

यस प्रकारले, हामी यो काम गर्दै छौँ भने एउटा नयाँ डाटा सेट भइरहेको हुन्छ । जुन पहिला कुनै पनि सामाजिक सञ्जालमा उपलब्ध थिएन् । र व्यक्ति स्वयम डाटाको सिर्जना गरिरहेका छन् । 
एजेन्सीहरुका लागि यो तुलनात्मक रुपमा एउटा अध्ययनका विषय हो र यो डर छ कि साइबर अपराधीहरुले पनि यसको उपयोग गर्न सक्छन् ।

यसैकारण पनि व्यक्ति आफै यस्तो च्यालेन्जबाट सर्तक हुनु जरुरी छ  । यो च्यालेन्जबाट बज्नु यो कारण पनि जरुरी छ कि तपाईं आफ्नो तस्वीरमात्र पोष्ट गरिहनु भएको हुँदैन् बरु पुरानो र संवेदनशील जानकारी पनि अरुलाई दिइरहनु भएको हुन्छ । यसको जकति दुरुपयोग हुनसक्छ , तपाई त्यसको अनुमान पनि गर्न सक्नु हुन्न् ।

कस्ता कम्पनीहरु हेर्छन् ? 

दुगुगलकोे चेतावनीबाट कोहि पनि सोच्न सक्छ कि तस्वीर नै त हो फेरि कम्पनीहरुलाई यो बाट के फाईदा हुन सुक्छ र कुन कुन कुरहरुमा यसको प्रयोग गर्न मिल्छ ? 

विश्व प्रसिद्ध टेक्नोलोजी म्यागजीन ‘वायर्ड’का अनुसार यदि कोही तपाईको फेसबुकमा भएको फोटोको फेशियल रिकॉग्नाइजेशन एल्गोरिथमको ट्रण्ड गर्न प्रयोग गर्ने चाहन्छ भने, यो गलत हुनेछ ? 

यो आवश्यक छैन कि गलत नै हुन्छ । तर, नयाँ फिचरहरुको प्रयोग गर्दा  हामीले साबधानि अपनाउनु जरुरी हुन्छ । के हामी डाटा बनाइरहेका त छैनौं र त्यसको कस्तो प्रयोग हुन सक्छ ?

यस्तो खालको च्यालेनजमा समावेश गरिएको फोटोबाट उमेर र उमेरसँग सम्बधित आफूमा भएको परिवर्तनहरुको जानकारी लिन सकिनछ र यि फोटोहरु विज्ञापनमा गर्न प्रयोग गर्न सक्छन् । क्यामरा वा सेन्सरको प्रयोग गरेर विज्ञापनहरुले यस आधारमा सन्देश पठाउन सक्दछ ।

अब के हुन्छ ? 

वायर्डको अनुसार, बढ्दो उमेरका यी प्रमाणरुरू कुनै पनि समयमा बिमा सम्बन्धी र स्वास्थ्य सम्बन्धी सेवाहरुमा महत्तपूर्ण भूमिका खेल्न सक्छ ।

उदाहरणका लागि, यदि तपाई आफ्नो उमेरका मानिसहरु भन्दा छिटो बुढो हुनु भइरहेको छ भने तपाईं बिमा कम्पनीको लागि राम्रो ग्राहक हैन ।

सन् २०१६ मा हवाला दिया अमेजनले फिशियल रिकॉग्नाइजेशनको एप शुरु गरेको थियो तर पछि गएर उक्त कम्पनीले अमेरिकी स्टेटको कानून र सरकारी एजेन्सीलाई बेचेको थियो । तर, यो प्रविधिले गोपनीयता भङ्ग गर्न सक्ने चिन्ता बढाएको छ । बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?