काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले आन्दोनरत जिल्ला फुटबल संघले लगाएको आरोप आधारहीन भएको दाबी गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शेर्पाले आन्दोलनरत चार जिल्ला फुटबल संघले लगाएको अनियमितता र भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेका हुन् ।
अध्यक्ष शेर्पाले भने, ‘मेरो नेतृत्वको टिमलाई ४ जिल्ला फुटबल संघले लगाएको अनियमितता र भ्रष्टाचारको आरोप आधारहीन छ, उनीहरुले भ्रष्टाचार भएको प्रमाण दिन सकेको छैन ।’
साथै उनले एन्फाको वर्तमान नेतृत्व टिमको कुनै पनि व्यक्तिको नाम समेत तोक्न नसकेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए । ‘भ्रष्ट्राचारको आरोपमा नेपाल सरकार र एशियन फुटबल महासंघ ‘एएफसी’ले समेत छानबिन गर्न पूर्ण सहयोग गर्नेछ’, उनले बताए ।
अध्यक्ष शेर्पाले यस विषयलाई गम्भिर भएर चाडै छानबिन समिती बनाउन पनि आग्रत गरे । उनले भने, ‘यो विषयमा अख्तियार, खेलकुद मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ती छैन ।’
काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले निर्वाचनको क्रममा एन्फाको वर्तमान नेतृत्वमा ब्यापक रुपमा भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएको थियो । चारै वटै जिल्ला संघले यसअघि प्रमाणस्वरुप ‘अडियो टेप’ समेत सार्वजनिक गरेको थियो ।
त्यो भन्दा बाँकी अरु केही प्रमाण भने आन्दोलनरत जिल्ला फुटबल संघका पदाधिकारीहरुले बुझाउन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया