सिराहामा प्रहरीले गोली चलायो, एक घाइते

सिराहा । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई समात्ने क्रममा प्रहरीले सिराहामा गोली चलाएको छ । 

सिराहाको सुकचैना १४ स्थित मार्डरमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पिछा गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुने स्थानीय प्रमोद यादव छन् । दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डि

आईजी हरि बहादुर पालका अनुसार आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि पिछा गरिरहेको थियो । 

शुक्रवान दिउँसो बोर्डर नजिकै मार्डर भन्ने स्थानमा प्रहरी यादव आमने–सामने हुँदा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि जवाफी कारवाहीमा गोली चलाएको प्रमुख डिआईजी पालले जानकारी दिए । 

प्रहरीले यादवको साथबाट एक थान पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जिवन श्रेष्ठले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?