लक्ष्मी बैंकले माघ २८ गते वार्षिक साधारण सभाको गर्ने

काठमाडौं । यहि माघ २८ गते लक्ष्मी बैंकले आफ्नो १८ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।  

उक्त बैंकको २ सय ११ औँ सञ्चालक समितिको बैंठकले वार्षिक साधारणसभा र बुक क्लोजको घोषणा समेत गरेको हो । बैंकले साधारणसभा प्रयोजनको लागि यहि माघ १४ गते बुक क्लोज समेत गर्ने भएको छ। 

साथै शेयरधनीले चुक्ता पूँजीको ८ दशमलब ५ प्रतिशत बोनस शेयर दिन पाउने भएका छन् । 

बोनस शेयर दिएसँगै लक्ष्मी बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा लाभांस बाड्न योग्य नाफा एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो। उक्त बैंकले गत वर्ष कर लाभांस सहित नाफाबाट ७३ करोड ५८ लाख रुपैयाँ लाभांस दिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?