काठमाडौं । १४ औँ संस्करणको ढोरपाटन महिला भलिबल प्रतियोगिता शनिवारबाट शुरु हुने भएको छ ।
प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक ढोरपाटन स्पोर्टस क्लबले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । प्रतियोगिताको सम्पूर्ण खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ । यो प्रतियोगितामा ९ क्लबले सहभागिता जनाउने छ ।
प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यु डायमन्ड एकेडमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्ट्स विकास कमिटि, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, सेब स्कुल र थाहा नगरपालिका मकवानपुर सहभागी छन् ।
यो प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्ने छ। त्यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख प्राप्त गर्नेछन् । यता चौथौ हुनेले ६० हजार, पाचौँ हुनेलाई ४० हजार, छैटो हुनेलाई ३० हजार तथा सातौं हुने टिमले २० हजार नगद जित्नेछन्े ।
गत वर्ष संस्करणमा भन्दा यस पटक पुरस्कार राशीमा वृद्धि गरिएको पनि आयोजकले जानकारी दिइयो ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी तथा प्लेयर अफ द सिरिजलाई एक-एक थान स्कुटर प्राप्त गर्नेछन् ।
यता व्यक्तिगत विधातर्फ वेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट प्रशिक्षकले जनही ६-६ हजारका दरले पुरस्कार प्रदान गरिने छन् ।
प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया