काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै लामो दूरिको सवारी भाडा समेत समायोजन भएको छ ।
मंगलबार नेपाल आयल निगमले डिजेलको मूल्य १७ रुपैयाँले घटाएको थियो । त्यससँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन गरेको हो ।
विभागले यात्रुवाहक सवारीमा ३ दशमलव २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको मूल्य ४ दशमलव १९ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव ६५ प्रतिशतले घटाएको हो ।
त्यस्तै कलैया–तानसेन–पाल्पासम्मको २५१ किमि दूरीको भाडा ७३५ रहेकोमा अहिले ७११ रहेको हुने भएको छ । त्यस्तै काठमाडौं-गोरखाको भाडा यसअघि ४५६ रहेकोमा अब ४४१ हुनेछ ।
यस्तो छ भाडाको सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया