भारतले रुसबाट तेल किन्ने विषयमा फेरि उठ्यो प्रश्न, भारतीय परराष्ट्रमन्त्रीले दिए ईयूलाई जवाफ

लोकपथ
119
Shares

काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएदेखि नै पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव देखिएको छ । सोही कारण रुसले धेरै राष्ट्रहरुको प्रतिबन्ध झेल्नुपर्यो । यसैबीच भारतले रुसबाट सस्तोमा तेल खरिद गर्न थालेको छ । तर, यसका कारण भारतले पटकपटक धेरै प्रश्नको सामना गर्नुपरेको छ ।

युरोपियन युनियनका विदेश नीति प्रमुखलेभारतविरुद्ध फेरि प्रश्न उठाएका छन् । जसको ‘उचित’ जवाफ भारतले फर्काएको छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलले रुसी तेलबाट तयार हुने भारतका उत्पादनहरूमाथि कारबाही गर्न माग गरेका छन्। उनले भारतले रुससँग सस्तोमा तेलको खरिद गरेर यूरोपलाई महंगोमा बेच्ने गरेको भन्दै प्रश्न उठाएका थिए ।

सोही प्रश्नको जवाफमा भारतका विदेश मन्त्री एस जयशंकरले जोसेफलाई ईयू काउन्सिलको नियमहरू हेर्नु पर्ने सल्लाह दिएका छन् ।

जयशंकरले ईयू काउन्सिलको नियमलाई हेर्दा रुसी कच्चा तेल ठूलो मात्रामा तेस्रो देशहरूमा पठाइएको र अब यसलाई रुसी मानिने छैन भनेका छन् । साथै उनले जोसेफलाई काउन्सिलको नियमावली ८३३ र २०१४ हेर्न आग्रह गरेका छन् ।

के भने जोसेफ बोरेलले ?

जोसेफ बोरेलले भनेका थिए कि भारतले रुसी तेललाई प्रशोधित इन्धन अर्थात् पेट्रोल-डिजेलमा परिणत गरेर युरोपमा बेचिरहेको छ। त्यसैले ईयूले भारतमाथि कारबाही गर्नुपर्छ। जोसेफ भन्छन्, जहाँ पश्चिमा देशहरूले रुसको ऊर्जा क्षेत्रमा कडा कारबाही गरिरहेका छन् र दबाब दिइरहेका छन् । अर्कोतर्फ भारतले रुसी तेल किन्नको लागि काम गरिरहेको छ । युरोपेली संघका विदेश नीति प्रमुखले भारतले रुसबाट तेल किन्ने गरेको बताउँदै आफूलाई यसप्रति कुनै गुनासो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?