काठमाडौं । सागर ढकालले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् ।
गत मंसिरको निर्वाचनमा डडेलधुरामा प्रतिनिधि सभाका उम्मेदवार बनेका ढकालले कोठा भाडा नदिएको भन्दै सामाजिक सञ्जालदेखि मिडियासम्म आलोचना भएको थियो ।
ढकालले भिडियो सन्देश सार्वजनिक गर्दै आफूले निर्वाचन प्रयोजनका लागि लिइएको कोठाको भाडा समयमै तिरेको बताए ।
आफ्ना प्रतिष्पर्धीहरुले रिसोर्ट नै बुक गरेर मतदातालाई प्रभाव पार्दा कुनै आलोचना नभएको आफूलाई सानो कुरामाथि बढी कटाक्ष गरिएको बताए ।
त्यस्तै आफूलाई फरार रहेको भनिएकोमा आपत्ति जनाउँदै आफू कामको शिलशिलामा विदेशमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया