रियललाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

लोकपथ
56
Shares

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ४-० ले हराउँदै समग्रमा ५-१ को जितसहित सिटी फाइनल पुगेको हो ।

सिटीका लागि बेर्नार्डो सिल्भाले दुई, म्यानुएल एकान्जी र जुलियन अल्भारेजले समान एक एक गोल गरे ।

सिटी र रियलबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग जुन १० भिड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?