नीति बनाउने थलोमै नियम उल्लंघन : कहिल्यै समयमा शुरु हुँदैन प्रतिनिधि सभा बैठक

लोकपथ
77
Shares
sf7df8f}F, % df3M k|ltlglw;ef a}7s k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । कानुन निर्माणसहित देशको शासन सञ्चालनबारे बहस हुने थलो अर्थात् संसदले आफ्नै नियम उल्लंघन गर्ने गरेको छ ।

हाल सभामुखले आकस्मिक रुपमा बोलाएको बाहेक प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बस्ने नियम बनाइएको छ । तर बैठक कहिल्यै समयमा शुरु हुँदैन ।

आजका लागि प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको थियो । संघीय संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक आह्वान गरि कार्यसूची समेत तयार गरेको छ । तर अहिलेसम्म बैठक शुरु हुन सकेको छैन । बैठक समयमा शुरु हुन नसक्दा पनि त्यसको कारणबारे समेत सदन र आम नागरिकलाई जानकारी गराइँदैन । जसको कारण हाम्रो संसद उत्तरदायी छैन भन्ने प्रष्ट देखिन्छ । हुन त यो आजको मात्र कुरा होइन हरेक बैठकहरु तोकिएको समय भन्दा पनि निकै ढिला हुने गरेको गुनासो आइरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका विषयमा जवाफ दिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?