विमान दुर्घटना भएको १७ दिनपछि चार बालबालिका जीवितै फेला

लोकपथ
245
Shares

काठमाडौं । मे १ मा कोलम्बियाको अमेजनमा एउटा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। विमान दुर्घटना भएपछि सो स्थानमा उद्धार कार्य जारी रहेको थियो । अहिले विमान दुर्घटना भएको दुई साता बढी भएको छ ।

उद्धारका क्रममा चार बालबालिका जीवितै फेला परेका छन् । बालबालिका जीवीतै फेलापरेका जानकारी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन्।

पेट्रोले भनेका छन् सेनाले कठिन खोजी अभियान चलायो । यो देशका लागि खुसीको कुरा हो । दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जङ्गलमा घुमिरहेको अधिकारीहरूले बताएका छन् । यी बालबालिकाको उमेर ४, ९ र १३ वर्ष रहेको बताइएको छ । र एउटा बच्चा मात्र ११ महिनाको रहेको छ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?