एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले कीर्तिमानी जीत निकालेको छ ।
शनिबार राति सम्पन्न भएको खेलमा ‘पीएसजी’ले गुईनग्याम्पलाई ९-० गोल अन्तरले हराउँदै कीर्तिमानी जित हात पारेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पे र ईडिन्सन काभानीले ह्याट्रिक गरेका थिए । त्यस्तै नेयमारले दुई गोल गरे । बाँकी एक गोल भने थोमस मुनिरले गरेका थिए ।
गत सिजनको खेलमा ‘पीएसजी’ले डिजोनलाई ८–० गोल अन्तरले पराजित गरेको थियो । गत साता पिएसजी गुईनग्याम्पसँग २-१ गोल अन्तरले पराजित हुँदै फ्रेन्च कप फुटबलबाट बाहिरिएको थियो । जीतपछि उपाधि होडमा रहेको पएिसजीले १९ खेलबाट ५३ अंक बनाएको छ ।
त्यस्तै लिगको दोस्रो स्थानमा रहेको लिली ४० अंकका साथ दोस्रो स्थानमा छ ।
शनिवार राति नै भएको अर्को खेलमा स्टार्सबर्गले मोनाकोलाई ५-१ गोल अन्तरले तथा टौलाउसले निमेसलाई १-० गोल अन्तरले हरायो । यता रेम्स र नाइसबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया