एजेन्सी । स्पेनी राफेल नाडाल जारी यो सिजनको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मेलबर्नमा आइतवार दिउँसो भएको पुरुष एकलतर्फको प्रि-क्वाटरफाइनल खेलमा स्पेनी नाडालले चेक रिपब्लिकका टोमास बर्डिचलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको स्थान तय गरेका हुन् ।
उनले बर्डिचलाई खेलको पहिलो सेटमा ६-०, ६-१ र ७-६ को सेटमा पराजित गरे । ३२ वर्षिय नाडालले बर्डिचले खेलका दौरान गल्ती गरेको समेत बताए ।
‘उनले खेलका दौरान धेरै गल्तीहरु गरे, मलाई खेलको पहिलो र दोस्रो सेट त्यस्तो खासै खेल जस्तो पनि लागेन्, तर, अन्तिम सेटमा भने उनले मलाई निक्कै कडा चुनौती दिए, उनलाई हराउन मैले दुई घण्टा समय कोर्टमा बिताए’, नाडालले भने ।
१७ पटकका ग्राण्डस्लाम विजेता नाडालले सन् २००९ मा पहिलो पटक यो प्रतियोगिताको उपाधि जितेको थियो । पूर्व विश्व नम्बर एक नाडालले अब सेमिफाइनल प्रवेशको लागि २१ वर्षको अमेरिकी फ्रान्सेस टाइफोईको सामना गर्नेछन् ।
टाइफोईले प्रि-क्वाटरफाइनल खेलमा बुल्गेरियाका ग्रिगोर डिमिट्रोभलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया