डा. केसीलाई आईसीयूबाट साधारण वार्डमा सारियो

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई आइतबार त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट साधारण वार्डमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा आईसीयू बेड सर्वसाधारणलाई अभाव नहोस् भनेर जनरल वार्डमा केसी आफै सर्न चाहेका हुन् ।

उनकै चाहनाअनुसार आइतबार दिउँसो ३ बजेपछि केसीलाई जनरल वार्डमा सारिएको हो ।केसीले आईसीयू

बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर आफूलाई त्यहाँबाट अन्यत्र सार्न माग गरेका उनका सहयोगीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?