नयाँदिल्ली– भारतमा जहाजका पाइलटबीच कुटाकुट भएको छ । लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एयर इन्डिगोको विमानका दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो ।
पाइलटबीचको झगडापछि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकिएको बताइएको छ ।
इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४.३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए ।
धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए । एवई सिरिजको सिटमा बसेका यात्रुका अनुसार दुवै पाइलटले कुटाकुटपछि जहाज उडाउन अस्वीकार गरेका थिए । त्यसपछि पाइलटहरु जहाजबाट बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया