एलेन र पूजालाई स्वर्ण पदक

काठमाडौं । एपीएफ क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा स्वर्ण पदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा एलेनले काठमाडौंका एड्रियन शाहीलाई ८–११, ११–९, ११–९ र ११–८ को सेटमा पराजित गरे । काठमाडौंका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा संयुक्त रुपमा तेश्रो भए ।

उक्त स्पर्धाको गल्र्समा काठमाडौंकी पूजा सोती च्याम्पियन बनिन् । फाइनलमा पूजाले भक्तपुरकी क्यारिना सुवाललाई ७–११, ११–७, ११–५ र ११–५ को सेटमा हराइन् । ललितपुरकी अनामिका कस्ती र सुनसरीकी सुलेखा ठाकुर तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स टिम इभेन्टको फाइनलमा भक्तपुरले काठमाडौंलाई ३–२ ले पाखा लगाउदै शीर्ष स्थान हात पा-यो । रुपन्देही र एपीएफ तेश्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?