काठमाडौं । बागमती प्रदेश सभाको अधिवेशन आव्हान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ ९ गते मंगलबार दिनको १ बजे बागमती प्रदेश सभाको अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम संवत् २०८० साल जेठ ९ गते मंगलबार दिनको १:०० बजे बागमती प्रदेश सभाको अधिवेशन आव्हान गर्दै सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया