एजेन्सी । अफ्रिकी मुलुकमा शान्ति सुरक्षार्थमा खटिएका १० शान्ति सैनिकको मृत्यु भएको छ ।
अफ्रिकी मुलुक मालीमा संदिग्ध इस्लामिक अतिवादी मग्रेब में अल कायदाले गरेको आक्रमणमा परी शान्ति सुरक्षार्थ खटिएका १० शान्ति सैनिकको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएका छन्
मग्रेब में अल कायदाअल कायदाको उत्तर अफ्रिकी शाखा हो ।
संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकी मुलुक चाडबाट मालीमा खटिएका शान्ति सैनिकको मृत्यु भएको हो ।
मालीमा सन् २०१३ देखि नै शान्ति स्थापनार्थ राष्ट्रसंघले शान्तिसेना खटाएको छ ।
मालीमा पटक–पटक शान्तिसेना लक्षित आक्रमण हुँदै आएको बीबीसीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया