काठमाडौं । भारतीय स्पेसल टास्क फोर्स (एसटीएफ)ले पटनाको गान्धी मैदानमा भएको बम विस्फोटको एक आरोपीलाई पक्राउ गरेको छ ।
१० वर्ष अघि पटनाको गान्धी मैदानमा गुजरातका तत्कालीन मुख्यमन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी बैठकमा
बम विस्फोट भएको थियो । एसटीएफको टोलीले शनिबार राति सिन्धौली गाउँबाट घटनाका अभियुक्त मेहरे आलमलाई पक्राउ गरेको हो ।
यसअघि एनआईएले मेहरे आलमलाई पक्राउ गरी मुजफ्फरपुर लगेको थियो, तर त्यतिबेला फरार भएका थिए। यसपछि एनआईएले अक्टोबर ३०, २०१३ मा मुजफ्फरपुरको सिटी थानामा मेहरे आलमविरुद्ध मुद्दा नम्बर ६१२ र १३ दर्ता गरेको थियो। त्यसयता उनी फरार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया