अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना

लोकपथ
77
Shares
An inspection team examines a US Army (USA) AH-64 Apache helicopter that crashed during landing at Tactical Assembly Area SHELL, in Central Iraq. The helicopter is assigned to A/Company 2-101st Aviation Regiment, and was operation in support of Operation IRAQI FREEDOM.
काबुल । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।
महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।  उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् ।
यद्यपि, टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकोप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?