पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्सले छोए मोदीको खुट्टा

लोकपथ
126
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान गएका थिए । नरेन्द्र मोदी जी–७ शिखर सम्मेलनमा सहभागी भएपछि आइतबार साँझ पपुवा न्युगिनी पुगेका छन् । मोदी पपुवा न्युगिनीपुग्दा उनको स्वागत गर्नका लागि पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापे विमानस्थलमा पुगेका थिए ।

मोदीलाई विमानस्थलमा स्वागत गर्दै न्युगिनीका प्रधानमन्त्री जेम्सले भारतीय प्रधानमन्त्री मोदीको खुट्टा छोएका छन् । विमानस्थलमा नै भारतीय प्रधानमन्त्रीलाई गार्ड अफ अनर पनि दिइएको थियो ।

आफ्नो परमपरा तोडेर मोदीको स्वागत : 

पपुवा न्यू गिनीमा सूर्यास्त पछि आउने कुनै पनि नेतालाई औपचारिक स्वागत नगर्ने नियम रहेको छ । तर प्रधानमन्त्री मोदी पुग्दा भव्य स्वागत गरिएको थियो। प्रधानमन्त्री मोदी पहिलो व्यक्ति हुन् जसको लागि यो देशले आफ्नो पुरानो परम्परा तोडेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?