एएफसी यु-२३ छनोट फुटबलको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’मा

काठमाडौं । एएफसी यु–२३ को छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपाल कतार, ओमान र अफगानिस्तान रहेको समूह ‘ए’ मा परेको हो । एशियन फुटबल महासंघ ‘एएफसी’ले सार्वजनिक गरेको खेल तालिका अन्तर्गत पश्चिम क्षेत्र छनोटमा परेको हो । नेपालले आगामी मार्च २२ तारिखमा आफ्नो पहिलो खेल खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्नेछ । त्यस्तै २४ तारिखमा कतारसँग भिड्ने छ । समूहको अन्तिम खेलमा २६ तारिखमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ । यो प्रतियोगितालाई मध्यनजरमा राख्दै केही दिन भित्रै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ ।

एन्फाको गतसाता बसेको बोर्ड बैठकले स्विडेनका योहान कालिनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

आगामी मार्चमा नेपाल आउन लागेका प्रशिक्षकले शुरुवाती समयमा नै यू-२३ राष्ट्रिय टिम सम्हाल्ने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?