काठमाडौं । गायक रबिन लामिछानेले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत बजारमा ल्याएका छन् । पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्र्दै लामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् ।
रबिन लामिछाने युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उनकै शब्द, संगीत तथा स्वर रहेको छ ।
त्यस्तै, डोलराज बाह्रघरेले संगीत संयोजन गरेको गीतलाई कुमार रानाले मिक्सिङ गरेका छन् ।
गीतमा लामिछानेले भ्रष्टाचार, राजनीतिक अस्थिरता लगायतका विषयवस्तुलाई उजागर गरेका छन् ।
गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन् । भने, विष्णु शर्माले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया