नेपाल नापित समाज केन्द्रिय कार्य समितिको १४ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न

लोकपथ
861
Shares

नेपाल नापित समाज केन्द्रिय कार्य समितिको १४ औ स्थापना दिवस तथा पहिलो शैक्षिक परामर्श कार्यक्रमको उद्घाटन २०८० साल जेठ ०६ गते शनिवार समाजका अध्यक्ष राजन नापितको सभापतित्व तथा प्रमुख अतिथि , समाजका संस्थापक अध्यक्ष एवं अक्षय कोष संचालन समितिका संयोजक पुरुषोत्तम नापित तथा कार्यक्रम अतिथि वर्ल्ड नेवा अर्गनाइजेसन जर्मन च्याप्टरका अध्यक्ष कुमार नापितको सहभागितामा सपन्न भएको छ । कार्यक्रममा नेपाल नापित समाजका उपाध्यक्ष ज्ञान बहादुर नापितले स्वागत मन्तव्य दिएका थिए । समाजका केन्द्रिय सदस्य शोभा नापितले कार्यक्रम संचालन गरेकी थिइन् भने धन्यवाद मन्तव्य तथा सभा बिसर्जन समाजका अध्यक्ष राजन नापितले गरेका थिए ।

कार्यक्रममा २०७९ सालमा एसईई तथा +२ मा सम्मिलित विधार्थीहरुलाई अनुसासन, कलेज, विदेशी पढाई, आइ.टी क्याम्पस , आइ.टीको भूमिका , महत्व र आवस्यकता, व्यावसायिक शिक्षा, महत्व तथा उपलब्धताको बारेमा उपस्थित बिधार्थीहरुलाई विभिन्न विज्ञहरुले परामर्श दिएका थिए । भव्यताका साथ् सप्पन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथि लगायत विज्ञ परामर्शदाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?