दोस्रो चरणका लागि जुडोका १६ खेलाडी छनोट

लोकपथ
0
Shares

चीनमा आयोजना हुने १९औं एसियाडका लागि नेपालको जुडो टोलीको दोस्रो चरणको छनोट भएको छ ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको प्रतियोगिताबाट महिला र पुरुषतर्पm समान ४÷४ तौलसमूह गरी कुल १६ खेलाडी छनोट भएका हुन् । पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक र कर्णाली प्रदेशका प्रवीणकुमार दियाली तथा ६६ केजीमुनि नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठ र नेपाल आर्मीका किरण भट्टराई दोस्रो चरणका लागि छनोट भए ।

पुरुषकै ८१ केजीमुनि नेपाल पुलिसका मदु रोक्का मगर र आर्मीका जंगबहादुर सारु तथा सय केजीमाथि तौलसमूहमा नेपाल पुलिसका राजन जोशी र आर्मीका रन्जेश गोले छनोट भए ।
महिलातर्फ ५२ केजी तौलसमूहमा बागमतीकी देवकीमाया श्रेष्ठ र आर्मीकी रोश्ना दंगाल तथा ५७ केजीमुनि पुलिसकी मनिता श्रेष्ठ प्रधान र आर्मीकी सीमाकुमारी चिडी छनोट भएका छन् ।

महिलाकै ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र बागमतीकी रन्जना खड्का तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र पुलिसकी पूजा राजवंशी दोस्रो चरणका लागि छनोट भए । १९औं एसियाड चीनको हान्जाउ सहरमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?