हाम्रो ३० वर्ष बाटो पानीमै बित्यो : विराजभक्त श्रेष्ठ

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालले अवसर पाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद श्रेष्ठले ३० वर्ष नेपालको बाटो निर्माण र खानेपानी ल्याउनका लागि मात्रै बितेको बताए ।

हाम्रो केही पुस्ता नै व्यवस्था परिवर्तनका लागि बिताउनुपरेको जसले अन्य उद्यम गर्नतिर समय दिन नसकेको टिप्पणी गरे ।

‘हाम्रो पुस्ता ३० औँ वर्षसम्म बाटो पानीमै बित्यो । के गरौँ । केही उद्यम गरौँ भन्दा हाम्रो पुस्ता नै व्यवस्था परिवर्तनका लडाइहरुमा नै हाम्रो पुस्ता नै बित्या छ । अर्को पुस्ताले त्यो नियती भोग्नु नपरोस् ।’ उनले भने ।

त्यसैगरी अहिले जलवायु परिवर्तनको मुद्दा विश्वको मुद्दा रहेको बताउँदै नेपालले त्यसतिर ध्यान दिनुपर्ने बताए ।

‘अहिलेको विश्वको मुद्दा जलवायु परिवर्तनको मुद्दा हो । हामी सबै त्यसमा लाग्नुपर्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?