काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री यादवले कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र कुमार सिंहलाई मन्त्री नियुक्त गरेका थिए । त्यस्तै एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया