काठमाडौं । जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेलतालिका घोषणा भएको छ । आइसीसीले सार्वजनिक भएको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।
नेपालको पहिलो खेल जुन २४ मा नेदरल्यान्ड्सविरुद्ध रहेको छ । प्रतियोगिता उद्घाटनको दिन अमेरिका र वेस्ट इन्डिजबीचको खेल रहेको छ । प्रतियोगितामा दश राष्ट्रको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल सहित वेस्ट इन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । उता , समूह बी मा ओमान,आयरल्यान्ड,श्रीलंका,स्कटल्याण्ड र युएई रहेका छन् ।
समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया