काठमाडौं । चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग(आइपीएल)को फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नाईले फाइनलमा स्थान बनाएको हो ।
धोनीको कप्तानीमा चेन्नईले चार पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको छ ।
चेन्नई २००९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१४ मा पनि चेन्नई फाइनल पुग्न सकेको थिएन । प्रतिबन्धको कारण २०१६ र २०१७ को सिजन खेलेको थिएन ।
बुधबार ईलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरात जायन्टसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपीएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।
आईपीएल विजेता टोली
टोली वर्ष कप्तान
राजस्थान रोयल्स २००८ शेन वार्न
डेक्कन चार्जर्स २००९ एडम गिलक्रिस्ट
चेन्नई सुपर किंग्स २०१० महेन्द्र सिंह धोनी
चेन्नई सुपर किंग्स २०११ महेन्द्र सिंह धोनी
कोलकाता नाइट राइडर्स २०१२ गौतम गम्भीर
मुम्बई इन्डियन्स २०१३ रोहित शर्मा
कोलकाता नाइट राइडर्स २०१४ गौतम गम्भीर
मुम्बई इन्डियन्स २०१५ रोहित शर्मा
सनराइज हैदराबाद २०१६ डेभिड वार्नर
मुम्बई इन्डियन्स २०१७ रोहित शर्मा
चेन्नई सुपर किंग्स २०१८ महेन्द्र सिंह धोनी
मुम्बई इन्डियन्स २०१९ रोहित शर्मा
मुम्बई इन्डियन्स २०२० रोहित शर्मा
चेन्नई सुपर किंग्स २०२१ महेन्द्र सिंह धोनी
गुजरात टाइटन्स २०२२ हार्दिक पाण्ड्या
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया