एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबल प्रतियोगिताकाे उपाधि होडमा रहेको युभेन्ट्सले सहज जीत हात पारेको छ ।
सोमवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले किएभोलाई ३-० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । खेल शुरु भएको १३ मिनेट पनि बित्न नपाउँदै युभेन्ट्सका लागि डग्लास कोस्टाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
एक पक्षिय रहेको खेलको पहिलो हाफ सकिनै लाग्दा एम्रे च्यानले गोल गरे । दोस्रो हाफमा पाएको पेनाल्टीमा क्रिस्चियानो रोनाल्डो गोल गर्न चुके ।
त्यस्तै ८४ औँ मिनेटमा ड्यानीएले रुगानीले गोल गरे । निर्धारित समयसम्म किएभोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ३-० को हार बेहोर्यो । जितपछि युभेन्ट्सले ९ अंकको अग्रता बनाएको छ ।
जीतपछि युभेन्ट्सले २० खेलबाट ५६ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानको नपोलीको ४७ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया