काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचाबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट बरामद गरेको छ ।
भन्सार छलेर ल्याएको २२ लाख ३० हजार ५ सय मुल्य पर्ने इलेक्ट्रिक सिगरेट, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबार बिहान अवैध रुपले ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । गस्तीमा सशस्त्र प्रहरीलाई देख्नासाथै आरोपीहरु सामान छाडेर भागेका थिए ।
बरामद सामान सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया