काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् ।
अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ भने २७ करोड २१ लाख बिगो माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया