काठमाडौं । क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् ।
दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।
“यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ ।
सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेकोे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया