काठमाडौं । मल्पी ‘बी’ ले नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जोरपाटीमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक नामी ‘ए’ लाई १६–८ ले पराजित ग¥यो । मल्पी ‘बी’ का टासी फुन्सोक शेर्पा र केनोर दोर्जे नेपालीले समान ७–७ तथा अनन्य भट्टराईले २ अंक जोडे । केनोर ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।
विजेता टोलीलाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले पुरस्कार वितरण गरेका थिए । तीनदिने प्रतियोगितामा आयोजक नामी र मल्पीको २–२ टिमसहित १४ टिम सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया