काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा स्टार्सवर्गसँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले लिग वानको उपाधि हात पारेको हो ।
योसँगै पीएसजीले ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । बराबरीसँगै च्याम्पियन पीएसजीले ३७ खेलमा ८५ अंक जोड्यो ।
स्टार्सवर्ग ४० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया