काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् ।
उनीमाथि पशुपतिको जग्गा गायब पारिएको आरोपसहित समाचारहरु बाहिरिएका थिए । सोही विषयमा आक्रोशित हुँदै सामाजिक सञ्जालमा उनले सो विषय प्रमाणित गरे एक मिनेट पनि सत्तामा नबस्ने बताए ।
‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया