९ पटक आईपीएलको फाइनलमा पुगिसकेको चेन्नईको कस्तो छ इतिहास ?

लोकपथ
147
Shares

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स खेल्दै छन् । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट शुरु हुनेछ ।

चेन्नई सुपर किंग्सको टोली आईपीएलमा १० औं पटक फाइनल खेल्न लागेको हो । चार पटकको च्याम्पियन चेन्नईले पाँचौ उपाधिका लागि भिड्न लागेको हो । चेन्नईले यसअघि नौ पटक फाइनल खेलेको छ । आज हामी तपाईंलाई चेन्नईको ९ पटकको आईपीएलको फाइनल यात्राका बारेमा बताउने छौँ :

२००८

आईपीएलको पहिलो सिजनमा चेन्नई र राजस्थान रोयल्सको टोली फाइनलमा पुगेको थियो । उक्त फाइनल खेलमा चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो । सुरेश रैनाले ६३, पार्थिव पटेलले ३८ र धोनीले २३ रन बनाएका थिए । युसुफ पठानले तीन विकेट लिए । राजस्थानले अन्तिम बलमा १६४ रनको लक्ष्य पाएको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

बलिङपछि पठानले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै ५६ रन बनाए । राजस्थानलाई अन्तिम ओभरमा आठ रन जोड्नु परेको थियो। लक्ष्मीपति बालाजीको बलमा शेन वार्न र सोहेल तनवीरले आवश्यक रन बनाए । वार्नले आफ्नो कप्तानीमा अन्डरडग टोली राजस्थान रोयल्सलाई च्याम्पियन बनाएका थिए ।

२०१०

२०१०मा चेन्नई टोली आईपीएलको तेस्रो संस्करणको फाइनलमा पुग्यो। त्यसबेला चेन्नईको अगाडि सचिन तेन्दुलकरको कप्तानीमा मुम्बई इन्डियन्स रहेको थियो । धोनीले टस जितेर ब्याटिङ रोजेका थिए । चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनाएको थियो । सुरेश रैनाले नटआउट ५७ र धोनीले २२ रन बनाएका थिए ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

दिलहारा फर्नान्डोले दुई विकेट हात पारेका थिए । जवाफमा मुम्बईको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । सचिनले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । रविचन्द्रन अश्विन, डग बोलिङ्गर, एल्बी मोर्केल, मुथैया मुरलीधरन, शादाब जाकाटी र सुरेश रैनाको उत्कृष्ट बलिङको आधारमा चेन्नई पहिलो पटक च्याम्पियन बनेको थियो ।

२०११

२०११ मा चेन्नई लगातार दोस्रो पटक र कुलमा तेस्रो पटक फाइनलमा पुग्यो।उक्त समयमा चेन्नईको अगाडि डेनियल भेट्टोरीको रोयल च्यालेन्जर्स बैंग्लोर ९आरसीबी० थियो । धोनीले टस जितेर ब्याटिङ रोजेका थिए । चेन्नईले पहिलो पटक फाइनलमा २०० रनको आँकडा पार गरेको थियो । चेन्नईले २० ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

मुरली विजयले ९५ र माइकल हसीले ६३ रन बनाएका थिए । जवाफमा आरसीबीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो । सौरभ तिवारीले ४२ र विराट कोहलीले ३५ रन बनाए । चेन्नईलाई जित दिलाउन आश्विनले तीन र सादाब जाकातीले दुई विकेट लिए । सोही वर्ष धोनीले दोस्रो पटक आईपीएलको उपाधि जित्ने मौका पाए। चेन्नई लगातार दुई सिजनमा उपाधि जित्ने पहिलो टोली बनेको थियो ।

२०१२

२०१२मा चेन्नई पाँच सिजनमा चौथो पटक फाइनलमा पुग्यो। यसपटक चेन्नईले गौतम गम्भीरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्सको सामना गरेका थिए । धोनीले टस जितेर ब्याटिङ रोजेका थिए । चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर १९० रन बनाएको थियो । सुरेश रैनाले ४३, माइकल हस्सीले ५४ र मुरली विजयले ४२ रन बनाएका थिए ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

तर खेल अन्तिम ओभरमा कोलकाताले जित हात पारेको थियो । कोलकातालाई जित दिलाउन मनविन्दर बिस्लाले ८९ र ज्याक कालिसले ६९ रन बनाएका थिए । उक्त साल कोलकाता पहिलो पटक च्याम्पियन बनेको थियो । चेन्नई भने दोस्रो पटक आईपीएलको फाइनलमा पुगेर हार व्यहोरेको थियो ।

२०१३

२०१३ मा चेन्नईको टोलीले पाँचौं पटक फाइनल खेल्यो । यसपटक चेन्नईले मुम्बई इन्डियन्सको सामना गरेको थियो । रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका थिए । मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । केरोन पोलार्डले सर्वाधिक ६० रन बनाएका थिए । त्यस्तै ड्वेन ब्राभोले चार विकेट लिएका थिए ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

सहज लक्ष्यका बाबजुत पनि चेन्नईको टोली तेस्रो पटक च्याम्पियन बन्न भने सकेन । चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाउन सकेको थियो । महेन्द्र सिंह धोनीले अविजित ६३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । २०१३ मा मुम्बई पहिलो पटक च्याम्पियन बन्यो । भने चेन्नई तेस्रो पटक फाइनलमा पराजित भएको थियो ।

२०१५

२०१५ मा चेन्नई छैटौं पटक फाइनलमा पुग्यो। यसपटक पनि चेन्नईको अगाडि मुम्बई इन्डियन्सको टोली थियो । यी दुईबीच २०१३ मा पनि फाइनल खेल भएको थियो । जसमा मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । २०१५को फाइनल खेलमा धोनीले टस जितेर बलिङ रोजेका थिए । मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर २०२ रन बनाएको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

लेन्डल सिमन्सले ६८ र रोहित शर्माले ५० रन बनाएका थिए । पोलार्ड र अम्बाती रायडुले ३६–३६ रन बनाएका थिए । जवाफमा चेन्नईको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १६१ रन मात्र बनायो । उक्त आईपीएलको उपाधि मुम्बई इन्डियन्सले हात पारेको थियो ।

२०१८

२०१८मा चेन्नई दुई वर्षको प्रतिबन्ध पछि आइपीएलमा फर्कियो र सातौं पटक आईपीएल फाइनलमा प्रवेश गर्यो। त्यसपटक चेन्नईको फाइनलमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा थियो । धोनीले टस जितेर बलिङ रोजेका थिए । सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

जवाफमा चेन्नईले शेन वाट्सनको धमाकेदार शतकको मद्दतले १८.३ ओभरमा दुई विकेट गुमाएर १८१ रन बनाएर फाइनल जितेको थियो । २०१८मा पनि उपाधि हात पारेसँगै चेन्नईको टोली तेस्रो पटक च्याम्पियन बनेको थियो ।

२०१९

२०१९ मा चेन्नईले आठौं पटक आईपीएलको फाइनल खेल्ने मौका पायो। यसपटक उनको अगाडि मुम्बईको टिम थियो । उनलाई मुम्बईले दुई पटक फाइनलमा हराएको थियो । यस पटक रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

वाटसन चेन्नईलाई फेरि च्याम्पियन बनाउने नजिक पुगेका छन् । उनले ५९ बलमा ८० रन बनाए पनि टोली लक्ष्यभन्दा एक रन ढिलो भयो । मालिंगाको अन्तिम बलमा चेन्नईले दुई रन बनाउनु परेको थियो तर शार्दुल ठाकुर एलबीडब्लू आउट भए । फाइनलमा मुम्बई एक रनले विजयी भएको थियो ।

२०२१

२०२१ मा चेन्नई नवौं पटक आईपीएलको फाइनलमा पुग्यो । नवौं पटक फाइनमा पुगेको चेन्नईले कोलकाता नाइट राइडर्सको सामना गरेको थियो ।

IPL 2023 चेन्नई सुपर किंग्स फाइनलको कथा जाँच गर्नुहोस् MS धोनी IPL फाइनलमा जीत र हार रेकर्ड

कोलकाताका कप्तान इयोन मोर्गनले टस जितेर बलिङ रोजेका थिए । चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर १९२ रन बनाएको थियो । फाफ डुप्लेसिसले ८६ रन बनाएका थिए । जवाफमा कोलकाताको टोलीले २० ओभरमा नौ विकेट गुमाएर १६५ रन मात्रै बनाएको थियो । योसँगै चेन्नईले चौथो पटक उपाधी हात पारेको थियो ।

अब आज हुने फाइनल खेलमा गुजरात टाईटन्सलाई पराजित गर्न सके चेन्नई पाँचौँ पटक आईपीएलको विजेता बन्नेछ । यता साविक विजेता गुजरात टाईटन्सले जित हात पारेको अवस्थामा दोस्रो पटक आईपीएलको विजेता बन्नेछ ।

आईपीएल विजेता टोली :

 टोली                                वर्ष                        कप्तान
राजस्थान रोयल्स                  २००८                      शेन वार्न
डेक्कन चार्जर्स                     २००९                     एडम गिलक्रिस्ट
चेन्नई सुपर किंग्स                  २०१०                     महेन्द्र सिंह धोनी
चेन्नई सुपर किंग्स                  २०११                     महेन्द्र सिंह धोनी
कोलकाता नाइट राइडर्स        २०१२                    गौतम गम्भीर
मुम्बई इन्डियन्स                    २०१३                    रोहित शर्मा
कोलकाता नाइट राइडर्स        २०१४                    गौतम गम्भीर
मुम्बई इन्डियन्स                    २०१५                   रोहित शर्मा
सनराइज हैदराबाद                २०१६                   डेभिड वार्नर
मुम्बई इन्डियन्स                     २०१७                   रोहित शर्मा
चेन्नई सुपर किंग्स                    २०१८                  महेन्द्र सिंह धोनी
मुम्बई इन्डियन्स                      २०१९                  रोहित शर्मा
मुम्बई इन्डियन्स                      २०२०                  रोहित शर्मा
चेन्नई सुपर किंग्स                     २०२१                  महेन्द्र सिंह धोनी
गुजरात टाइटन्स                       २०२२                 हार्दिक पाण्ड्या

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?