एजेन्सी । न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले जित हात पारेको छ ।
बुधवार सम्पन्न भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई डिएल मेथडको आधारमा ८ विकेटले पराजित गरेको हो । १ सय ५८ रनको विजयी लक्ष्य लिएर मैदानमा जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो ।
वर्षाले प्रभावित खेल भारतले डिएल मेथडको आधारमा ४९ ओभरमा १ सय ५६ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले ३४ दशमलब ५ ओभरमा मात्र २ विकेटको क्षतिमा पु-यो । भारतको जितमा शिखर धवनले अविजित ७५ रनको योगदान दिए ।
त्यस्तै कप्तान विराट कोहलीले ४५ रन जोड्दा अम्बाती रायडुले अविजित १३ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६४ रनको अर्धशतकीय इनिङस खेले ।
भारतका लागि कुलदीप यादवले ४ सर्वाधिक विकेट लिए । त्यस्तै मोहमद शामीले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए । जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब दोस्रो खेल यहि शनिवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया