काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा सिफारिसभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिएकी हुन्। रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
रास्वपाले कंशाकारलाई हालै समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया