काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि चासो देखाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि छुट्टै कोष खडा गरी १ अर्ब छुट्ट्याएको जानकारी दिए ।
‘सरकारको कुल न्यूनतम पुँजीगत बजेटको १ प्रतिशत अनुसन्धान नवप्रर्वद्धन र आवस्किारमा खर्च गर्ने नीति लिनइनेछ । अनुसन्धान नवप्रर्वद्धन र आवस्किारलाई छुट्टै कोष स्थापना गर्न एक अर्ब छुट्टयाएको छ ।’ उनले भने ।
यसअघि डा महावीर पुनले बजेटको १ प्रतिशत रकम अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि छुट्याउनका लागि धर्ना दिएका थिए । सरकारले उनको माग पूरा गर्नेै भएसँगै उनले आफ्नो धर्ना अन्त्य गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया