एजेन्सी । बार्सिलोना जारी स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा पराजित भएको छ ।
बुधवार राति सम्पन्न भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ५८ औँ मिनेटमा पाब्लो साराबियाले पहिलो गोल गर्दै सेभियालाई शुरुवाती अग्रता दिलाए । त्यस्तै सेभियाका लागि ७६ औँ मिनेटमा बेन एड्डरले गोल गर्दै खेललाई २-० को स्थितीमा पु-याए ।
निर्धारित समयसम्म बार्सिलोनाले पनि केही गोल गर्ने मौका पाएपनि गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितपछि सेभियाले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया