नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुन:संरचना गरिने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुन:संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग गर्ने भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग गरिने बताएका हुन् ।

“नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सेवा प्रदायक निकाय अलग अलग गरिनेछ व्यवस्था गरेको छु” । अर्थमन्त्री महतले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?