काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गर्ने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गरिने बताएका हुन् ।
“सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गरिनेछ। “अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया